२० जेष्ठ २०७३, बिहीबार

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष शालिकराम शर्माको निधन भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको हो । (सल्यान)मोफसलमा रहेर दुईदशक लामो पत्रकारिताको अनुभव संगालेका शर्मा सामुदायिक रेडियो प्रसारक संघका लेखा समिति सदस्य, रेडियो शारदा एफएम सल्यानका अध्यक्ष, सल्यानी सन्देश राष्ट्रिय साप्ताहिकका सम्पादक समेत हुन् ।

आज नै उनको पार्थीव शरीरलाई पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।

LIVE TV