२० जेष्ठ २०७३, बिहीबार

rice-store-chamal-godamगत बर्षको तुलनामा १० हजार मेट्रिक टन उत्पादन घटेको र खपत बढेको कारण यो वर्ष बाँके जिल्लामा चार हजार चार सय ५१ मेट्रिक टन खाद्यान्न अपुग हुने भएको छ । खाद्यान्न बचत गरेर बाहिरी जिल्लामा समेत आपूर्ति गर्ने बाँके यो वर्ष ‘माइनस’मा गएको छ ।

‘माइनस’मा गएसँगै बाँकेको खाद्यान्न भण्डारणको केन्द्र भन्ने उपमा पनि हटेको छ । जिल्लावासीलाई पु¥याएर बचेको खाद्यान्न बाहिर जिल्लामा आपूर्ति गर्ने बाँके उत्पादन घटेका कारण आफ्नै निम्ति खाद्यान्न अपुग हुने जिल्ला बन्न पुगेको छ ।

जलवायु परिवर्तनका असरले समयमा पानी नपर्ने, नचाहिएको बेला बाढी आउनेजस्ता कारणले खाद्यान्न उत्पादनमा ठूलो असर परेको जिल्ला किृष विकास कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय, बाँकेका अनुसार, गतवर्ष ७ हजार २ सय ९३ दशमलव २९ मेट्रिक टन खाद्यान्न बचत भएकोमा यस बर्ष उत्पादन घट्दा चार हजार चार सय ५१ मेट्रिक टन खाद्यान्न अपुग हुने भएको हो ।

बाँकेको ५ लाख २७ हजार ८ सय ५३ जनसंख्यालाई ९७ हजार ८ सय ५३ मेट्रिक टन खाद्यान्न बार्षिक आवश्यक पर्छ तर,उत्पादन भने ९३ हजार चार सय २ दशमलव २९ मेट्रिक टनमात्रै भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार गतवर्ष ९५ हजार ५ सय ४२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्दा एक लाख २ हजार ८ सय ३५.२९ मेट्रिक टन उत्पादन भएको थियो ।  आजको कारोबार दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV