२० जेष्ठ २०७३, बिहीबार
kuala-lumpur_Nepali_in_Malaysia_517762573मलेसिया सरकारले गैरकानुनी रुपमा बस्दै आएका विदेशी कामदारमाथि फेरि धरपकड थालेको छ।अन्नपूर्ण पोस्टमा समाचार छ।
राजधानी क्वालालम्पुरबाट मात्रै सोमबार १६ नेपाली कामदार पक्राउ गरेका छन्। क्वालालम्पुरको व्यस्त बिग मार्केटबाट १२ र मेनरा मेधा भवनबाट चारजना नेपाली पक्राउ परेका हुन्। अन्य सहरबाट पनि धमाधम नेपालीसहित अन्य मुलुकका विदेशी कामदार पक्राउ परिरहेका स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
मलेसियाको अध्यागमन कार्यालयले अवैध तरिकाले बस्दै आएका कामदार पक्रिने अभियान नै सुरु गरेको छ। पक्राउ परेका नेपालीको विषयमा विस्तृत जानकारी खुलेको छैन। नेपालीसहित भारतीय, बंगालादेशी, पाकिस्तानी, भियतनामी, इन्डोनेसियन, फिलिपिनो र म्यानमारका गैरकानुनी हैसियतमा बस्ने कामदारसमेत रहेका छन्।
कामदार जानुअघि नेपालमा गरिएको सम्झाैताअनुसार काम र तलब सुविधा नपाएपछि कामदार पहिला अाएको कम्पनी छाडेर अर्कोमा सर्ने गरेका छन्। रोजगारदाताको अनुमतिबिना कम्पनी छाड्ने कामदार स्वत: अबैध हुन्छ।

LIVE TV