
पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्वाञ्चलको सुनसरी सदरमुकाम इनरुवामा रहेको माँ वैष्णोदेवी भगवती मन्दिरको दर्शन गर्नुभएको छ ।
पूर्वराजा शाहले बुधवार अपरान्ह उक्त मन्दिरको दर्शन गर्नुभएको हो । पूर्व राजा आउने खवरले निकै उत्साहित भएका सर्वसाधारणले शाहको स्वागत भब्यताका साथ गरेका छन् ।
विभिन्न जातजातिका भेषभुषामा सजिएका सर्वसाधारणले पञ्चेवाजा सहित पूर्वराजाको स्वागत गरे ।
संसदमै राज संस्थाको पुनस्थापनाको वहस चलिरहँदा सुनसरीमा राजा हेर्न सयौँ सर्वसाधारणको भीड लागेको थियो ।
पूर्व राजा शाहले मन्दिर परिसरमा पुगेर पूजा अर्चना गरिरहँदा हजारौको संख्यामा रहेका समर्थकहरुले पूर्व राजा र राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए ।
मन्दिरको दर्शनको सकेर समर्थकहरुसगै उहाँले इनरुवाको मुख्य बजारको करिब डेढ किलोमिटर पैदलयात्रा समेत गरेका थिए ।
पूर्वराजा शाह बजार परिक्रमा गर्दा सुरक्षाकर्मीहरुलाई भिड व्यवस्थापन गर्ने निकै नै मुस्किल परेको थियो ।