१९ जेष्ठ २०७३, बुधबार

कर्णालीका राजनीतिज्ञहरुले सरकारले हालै प्रस्तुत गरेको वजेटले क्षेत्रीय सन्तुलन मिलाउँन नसकेको दाबी गरेका छन् ।

नेकपा माओवदी केन्द्र कर्णाली क्षेत्र नं. ६ ले सरकारले विनियोजन गरेको आगामी वर्षको वजेट संविधानको मर्म अनुसार क्षेत्रीय सन्तुलन गर्न असफल रहेको आरोप लगाएको हो । रो

बुधवार पार्टी केन्दीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनीहरुले कर्णाली प्रदेशमा विकासका प्रसस्त आधार हुँदा हुँदै पनि सरकारले वजेटमा विकासको अवधारणाको खिल्ली उडाएको निष्कर्ष निकालेको हो । कर्णाली प्रदेश नं. ६ ले कर्णाली क्षेत्रलाई वजेटले त्यहाको आवश्यकता अनुसार समेटन नसकेको जनाएको छ ।

सरकारले यस प्रदेशमा सञ्चालित लोकप्रिय आयोजनालाई समेत हटाएकोमा सरकारको ध्यानाकर्षण गराएको छ ।

सडकमार्ग, सिँचाई, जलविद्युत, शहर तथा वस्ती विकास, कृषि, पर्यटन, शिक्षा, खानी र जटिवुटीमा पर्याप्त सम्भाव्यता हुँदा हुँदै पनि सरकरकरले प्राथमिकतामा राख्न नसकेको आरोप उनीहरुले लगाएका छन् ।

कर्णाली क्षेत्रको वास्तविक विकास गर्न सरकारले उपयुक्त योजना सहित आर्थिक वर्ष २०७३÷७४ को वजेटमा समावेश गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV