१९ जेष्ठ २०७३, बुधबार

नेपाली काग्रेसका प्रमुख नेताहरुले सविधान कार्यान्वयनको नेतृत्व काग्रेसले लिनुपर्ने जिकिर गरेका छन् । काग्रेसको नेतृत्वमा सविधान निर्माण भएको हुदाँ संविधानको कार्यान्वयन पनि काग्रेसले नै गर्नुपर्ने काग्रेस नेतृत्वको धारणा छ ।

बुधवार प्रजातन्त्र सम्बद्र्धन केन्द्रले आयोजना गरेको बर्तमान राजनीतिक अवस्था र नेपाली काग्रेस भावी दिशा बिषयक छलफल कार्यक्रममा काँग्रेसका महामन्त्री डा सशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिह र बिमलेन्द्र निधि एकै मञ्चमा सहभागी भएर काग्रेसकै नेतृत्वमा सविधान कार्यान्वयन हुने धारणा ब्यक्त गरेका हुन् ।

बुद्धिजीवी तथा अर्थबिदहरुको भेलालाई सम्वोधन गदै काग्रेसका तीनै नेताहरुले आर्थिक समृद्धिको नेतृत्व पनि काग्रेसले नै गर्ने बताए ।

काग्रेस महान्त्री डा कोइरालाले काग्रेसले समाजिक रुपान्तरण र आर्थिक समृद्धिको मुद्धालाई अघि सार्ने बताउदै काग्रेस आर्थिक क्रान्तिको बाटोमा लाग्ने बताउनुभयो ।

पुर्व महामन्त्री प्रकाशमान सिहले काग्रेसले दुई छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई नयाँ शैलीबाट अघि बढाउनुपर्ने बताउदै परराष्ट्र मामिलामा भएको गल्ती कमजोरीलाई सच्याएर अघि बढ्ने बताउनुभयो ।

काग्रेस नेतृत्वले सविधानको कार्यान्वयनमा सवै सँग मिलेर अघि बढनुपर्ने धारणा ब्यक्त गरेको छ ।

पूर्व उपाध्यक्ष अर्थबिद डा जगदिशचन्द्र पोखरेलले आर्थिक समृद्धि र विकासबाट मात्र लोकतन्त्र सस्थागत हुने बताउनु भयो ।

 

LIVE TV