१९ जेष्ठ २०७३, बुधबार

जनचेतनामुलक बिभिन्न कार्यक्रमपछि विकट हिमाली जिल्ला मुगुमा क्षयरोगको परीक्षण गराउनेको संख्यामा वृद्धि भएको छ । मुगुमा प्रत्येक महिना ८ देखि १० जनाको दरले क्षयरोगीको संख्यामा वृद्धि भइरहेको तथ्यांकलाई नजर गर्दै बिभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरिदै आइएका छ ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुले क्षयरोग सम्बन्धि जनचेतनामुलक सडक नाटक र बिभिन्न कार्यक्रहरुको सञ्चालन गरेपछि जिल्ला स्वास्थ्य कार्यालय परीक्षण गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

तथ्याङ्क अनुसार मुगु जिल्लामा प्रत्येक महिनामा आठदेखि दश जनाको दरले क्षयरोगीको संख्यामा बृद्वि भएको पाइएको छ । यस आर्थिक बर्षमा क्षय रोगको पहिचान गर्न परीक्षण गर्नेको संख्या १ सय ८८ जना रहेको छ । त्यसमध्ये ४१ जनाले क्षयरोगको औषधि प्रयोग गरेका छन ।

पछिल्लो परीक्षणमा पनि १० जनामा क्षयरोगको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका सुचना अधिकारी पशुपति शाहीले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा भने ३९ जना विरामी क्षयरोगको औषधि प्रयोग गरी निरोगी बनेका छन् ।

गाँउ घरतिर केही बर्ष अघिसम्म रुघाखोकी लगायतको विरामी पर्दा स्थानीय घरेलु औषधि प्रयोग गर्दा धेरैको मृत्यु भएपछि क्षयरोगको बारे जनचेतनामुलक कार्यक्रमहरु अघि बढाइएको हो । समयमै रोगको पहिचान गर्नमा ढिलाई गरिएको भन्दै पिना गाबिसका टक्कबहादुर मल्ल स्थानीयहरु अहिले पछुताएको बताउनु हुन्छ ।

मुगु जिल्लामा धेरै जसो क्षयरागीका बिरामीहरु २४ गाबिस मध्य पिना ,नार्थपू ,गम्था,गाबिस र करान भेगमा बसोवास गर्ने पुरुषमा क्षयरोग बढी देखा परेको पाइएको छ । मुगुमा यो डट्स सेन्टरको सेवा २०५७ सालबाट सुरु भए देखि यो रोगप्रतिको सजगता बढ्दै गएको हो ।

डट्स सेवा सुरु हुन अघि क्षयरोगको उपचार गर्न २ दिन पैदल हिडेर जुम्ला गएर उपचार गराउनु पर्ने बाध्यता रहेको थियो ।

 

LIVE TV