१९ जेष्ठ २०७३, बुधबार

स्वीट्जरल्यान्ड, विश्वकै सबैभन्दा लामो भूमिगत रेलमार्गको बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ ।

स्वीस पर्वतमा निर्माण गरिएको रेलमार्गले युरोपको मुटुबाट युरोपको यातायातमा सजिलो पार्ने मानिएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ अलान्द र इटालीका प्रधानमन्त्री मेटेओ रेन्जी रेलयात्रामा सहभागी हुनु भई उक्त सुरुङ रेलमार्गको औपचारिक उद्घाटन गर्नुभएको हो ।

उहाँहरुले ५७ किलोमिटर लामो सुरुङमार्गमा करिब २० मिनेटको यात्रा गर्नु भएको स्वीट्जरल्यान्डका सञ्चारमाध्यमले जनाएका छन् । रासस÷एएफपी

 

LIVE TV