१९ जेष्ठ २०७३, बुधबार

ओखलढुङ्गाको फुलबारी गाविसमा बुधबार अपराह्न ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते रहेको पूर्वक्षेत्रीय प्रहरीले जनएको छ ।

ना ५ त २५१२ नम्बरको ट्याक्टर बुधवार अपरान्ह फुलबारी गाविस ५ मा सडकबाट तल खसेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ट्याक्टरमा सवार खोटाङ च्यास्मिटार ५ का ३५ वर्षीय हिराबहादुर राई, ओखलढुङ्गा बिलन्दु गाविस ५ का १५ वर्षीय विष्णु बराल, सोही ठाउँ बस्ने १५ वर्षीय मिलन घिमिरे, १५ वर्षीय अमिर घिमिरे र फुलबारी गाविस बस्ने १४ वर्षीय मनिष खड्का छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी फुलबारी ४ का २० वर्षीय सहचालक प्रेम थापा गम्भीर घाइते छन् ।

उनलाई प्रहरीले उद्दार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लगेको छ । ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । ट्याक्टरका चालक फरार भएकाले खोजी भइरहेको पूर्वक्षेत्रीय प्रहरीले जनाएको छ ।

LIVE TV