१९ जेष्ठ २०७३, बुधबार

बुधबार नेप्से परिसूचक  ८ दशमलव ५६ अंकले घटेर १ हजार ५ सय २३ दशमलव ५६ अंकमा कायम भएको छ । बुधबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब २२ करोडमाथिको शेयर कारोबार भएको छ ।

दिनभरिमा १ सय ३१ वटा कम्पनिको २३ लाख ५१ हजार १ सय २३ कित्ता शेयर ५ हजार ९ सय ७४ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब २२ करोड ६३ लाख ८१ हजार ९७ रुपैँयाको कारोबार भएको हो । कारोबार रकम मंगलबारको भन्दा कम हो । मंगलबार १ अर्ब ३२ करोडको कारोबार भएको थियो ।

बुधबार मेगा बैँक र सानिमा बैँकको शेयरमा लगानीकर्ताको धेरै आकर्षण देखियो । यी दुबै कम्पनिको १० करोडमाथिको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ७ करोड ८९ लाख, सिटिजन्स बैँकको ७ करोड ४३ लाख, चिलिमे हाइड्रोपावरको ६ करोड ९४ लाख, बुटवल पावर कम्पनिको ४ करोड ८९ लाख, एभरेष्ट बैँकको ३ करोड ९९ लाख, एनबी बैँकको ३ करोड ३ लाख र अरुण भ्याली हाइड्रोपावरको २ करोड ९३ लाख रुपैँयाको शेयर कारोबार भएको छ ।

होटल र फाइनान्स बाहेक सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बिमा समूह १००.१२ अंकले घटेको छ भने जलविद्युत् ८२.७८ अंकले घटेको छ ।

त्यस्तै, उत्पादनमूलक, वाणिज्य बैँक, विकास बैँक र अन्य समूह क्रमशः १४.५८, ४.६३, १.८१ र १.१८ अंकले घटेका छन् । होटल र फाइनान्स भने क्रमशः १७.९३ र ०.३ अंकले बढेका छन् ।

 

LIVE TV