१९ जेष्ठ २०७३, बुधबार

नेपाली बजारमा लिचीको राम्रो माग भए पनि स्वदेशी उत्पादनले माग धान्न नसकेको कृषकहरुले बताएका छन् । पूर्वी तराईका सुनसरी, मोरङ र झापामा राम्रो उत्पादन हुने मौसमी फल लिची स्वस्थवर्धक फलकोरुपमा समेत लिइन्छ ।

अन्य वर्षको उत्पादन भन्दा यस पटक लिचीको राम्रो उत्पादन भएको मोरङ लक्ष्मीमार्ग स्थित विष्ट फार्मका सञ्चालन सुवर्ण विष्टले जानकारी दिए । उनको फर्ममा भएका विभिन्न प्रजातिमा सयौं बोटले अन्य वर्षमा भन्दा राम्रो आम्दानी दिएका छन् ।

फर्मबाट उत्पादित लिचीको मुख्य बजार राजधानी काठमाण्डौ हुने गरेको पूर्वका लिची बँगैचा ठेक्कामा लिएर फल ढुवानी गर्ने गरेका व्यवसायी नविन श्रेष्ठले जानकारी दिए ।

व्यवसायी श्रेष्ठका अनुसार राजधानी बाहेक पोखरा लिचीको राम्रो बजार हो । देशका अन्य भाग भन्दा पूर्वमा राम्रो र धेरै उत्पादन हुने लिचीको थप विस्तारका लागि कृषकले व्यवसायिक रुपमा उत्पादन थाल्नु पर्ने व्यवसायीहरु बताउँछन् ।

 

LIVE TV