१९ जेष्ठ २०७३, बुधबार

वर्षात् सुरु हुन लाग्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई घर बनाउन आर्थिक सहयोग प्रदान गर्न ढिलासुस्ती गरेको भन्दै व्यवस्थापिका संसद्, विकास समितिले आपत्ति जनाएको छ ।

प्राधिकरणले पुनर्निर्माणका नाममा कागजी घोडा दौडाएको आरोप लगाउदै जिम्मेवारी पदाधिकारी काम भन्दा ठूला कुरा गर्न व्यस्त भएको समितिका सदस्यहरुको आरोप छ ।

समितिको बैठकमा समितिका सभापति रवीन्द्र अधिकारीले प्राधिकरण पुनर्निर्माणको कागजी घोडा दौडाउन व्यस्त देखिएका र शिलन्यास गर्न भ्याइनभ्याईको अवस्थामा रहेको गुनासो गर्नु भयो । उहाँले पालमुनि बसेका जनतालाई ओत लगाउन पैसा कहिले दिने भनि प्रश्न समेत गर्नु भएको थियो ।

सभापति अधिकारीले प्राधिकरणको काम गराइको कार्यविधिलाई लिएर जनताले प्रश्न गरिरहेका भन्दै एक वर्षदेखि पालमुनि बसेका जनतालाई कहिले पाल मुनि ल्याउने भन्दै जिज्ञासा राख्नु भएको थियो । बाइट

प्राधिकरणका अनुसार भूकम्प अति प्रभावित १४ जिल्लाका ७ लाख १५ हजार २४ सय घर बनाउन अनुदान पाउनयोग्य घरधनी मध्ये हालसम्म ४५ हजार ७१४ घरधनीसँग मात्र घर बनाउन अनुदान सम्झौता गरेको छ तर पहिलो किस्ताबापत पाउनेको घरधनीको सङ्ख्या एक हजार नाध्न सकेको छैन ।

यही क्रम जारी रहे प्राधिकरणलाई अनुदान सम्झौता गर्न वर्षदिन भन्दा बढी समय लाग्छ । भूकम्प प्रभावितलाई घर बनाउन दिइने अनुदान प्रक्रियालाई अझ सरल बनाउन, भूकम्प प्रभावितको लागत छुट भएकाले तत्काल पुनः लागत सङ्कलन सुरु गर्न, प्राधिकरण र मन्त्रालयबीच समन्वय गर्न, घर निर्माणका लागि निर्माण सामग्री अभाव हुन नदिन प्राधिकरणलाई समितिले निर्देशसमेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV