१९ जेष्ठ २०७३, बुधबार

भक्तपुर, भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–१२ स्थित हनुमन्ते खोला किनारामा रहेको काइँयो फूलको रुखमा आज एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

ठूलो व्यासी–७ स्याङ्जा घर भई काठमाडाँै ज्ञानेश्वरमा बस्दै आएका वर्ष ६० का छविलाल पोखरेलको झुन्डिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता शेखर खनालले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको उहाँले जानकारी दिनुभयो । रासस

 

LIVE TV