१९ जेष्ठ २०७३, बुधबार

काठमाडौँ,  काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वरमा क्षेत्रबहादुर श्रेष्ठको घरको कम्पाउन्डमा एक चितुवा देखा परेको छ ।

महानगरीय प्रहरी प्रभाग कालीमाटीका प्रहरी नायब उपरीक्षक हेमबहादुर थापाले स्थानीय गौरीशङ्कर मार्गको नजिकै श्रेष्ठको निवासमा बिहान चितुवा पसेको बताउँदै त्यसलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले प्रयत्न जारी राखेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरक्षाकर्मीले वन विभाग तथा चिडियाखानाका कर्मचारीसँग समन्वय गरी चितुवा नियन्त्रणमा लिइने छ । घरधनी श्रेष्ठका परिवारलाई घरबाट बाहिर ननिस्कन प्रहरीले आग्रह गरेको छ । यसअघि पनि पटक पटक राजधानीका विभिन्न स्थानमा चितुवा भेटिने गरेको थियो । रासस

 

LIVE TV