१९ जेष्ठ २०७३, बुधबार

aashish-chaudharyराष्ट्रिय फुटबल खेलाडी बिमल घर्तीमगरकी बहिनी मनिषाको मृत्यु प्रकणमा पक्राउ परेका उनका प्रेमी रुद्रनारायण चौधरी ‘आशिष’ चौधरीले झुठो नबोलेको प्रहरीले जनाएको छ ।

आशिषको पोलिग्राफ परीक्षण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको रिपोर्टमा उनले बताएको कुरा झुठो नभएको प्रारम्भिक रिपोर्ट आएको बुधबार प्रहरीले पत्रकार सम्मेलनमा प्रहरीले बताएको हो ।अनुसन्धानमा सक्रिय एक प्रहरी भने, ‘पोलिग्राफको प्रारम्भिक रिपोर्टमा आशिषले अहिलेसम्म बोलेको कुरा साँचो रहेको पाइयो ।’

उनले उत्तर दिँदा पोलिग्राफ मेसिनमा कुनै अस्वभाविक तरंग नभेटिएको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।तर, अनुसन्धान अझै नटुंगिएको अनुसन्धान अझै जारी राख्न ेअनुसन्धान संलग्न प्रहरीले बताए ।

 

मनिषाको प्रारभ्भिक पोष्टमार्टम रिपोर्टमा पनि ‘ह्यांगिङ’ (झुण्डिएको) रिपोर्ट आएको थियो । काठमाडाँस्थित त्रिवि शिक्षण अस्पतालले मनिषाको शवको परीक्षण रिपोर्ट पनि मंगलबार प्रहरीलाई बुझाएको थियो ।मनिषाको रहस्मय मृत्यृका घटना सत्यपत्ता लागउन पोष्टमार्टमका लागि काठमाण्डौ पठाइएको शवको पोष्टमार्टम रिपोर्टले झुण्डिएको देखाएकोे छ । मनिषाले आफै झुन्डिएको वा आशिषले झुन्डाएको भन्ने रिपोर्टबाट पुष्टि हुन सेकेको छैन ।

आशिषसंग पोलिग्राफ परिक्षणमा ५ घन्टा लगाएर ११ वटा प्रश्नहरु सोधिएका थिए ।पोलिग्राफ परिक्षणको समय व्यक्तिले झुठो बोल्न सक्दैन । झुठो बोल्न खोज्यो भने उसको शरिरमा तरन्ग आउँछ । किनभने पोलिग्राफ गर्दा उसको शरीरमा ६ प्रकारको सेन्सरहरु प्रयोग गरिएको हुन्छ,’ क्षेत्रिय प्रहरी कार्यालय पोखराका पोलिग्राफ विज्ञ प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बताए ।पोष्टमार्टम रिपोर्ट दुविधा भएको कारण आशिषले मनिषाको हत्या नै गरेको भने प्रमाणित हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा यस्ता देखियो ?

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट गत १२ गते बुधबार साँझसम्म कल रेक्रडमा मनिषाले आशिषलाई १,१६ र आशिषले मनिषालाई १०२ पटक फोन गरेको देखिएको छ ।

गत १२ गते बुधबार आशिषले मनिषालाई पटक–पटक फोन गर्दा फोन नलागेको र आशिषले मनिषाकी साथी शिलुलाई फोन गरी मनिषालाई भन्देउ आज जेपनि हुन्छ भन्ने आशिषले दिएको बयान प्रहरीले सार्वजनिक गरेको छ ।

बुधबार साँझ मनिषाले आशिषलाई फोन गरि घर बोलाउँदा आशिषले रक्सी सेवनगरि पुगेपछि मनिषाले रक्सी खाएको भन्दै आशिषको गालामा एक झापड हानेपछि आशिषले मनिषालाई पनि एक झापड हानेका थिए ।

उनीहरुले विगतमा दिएको गिफ्ट फर्काउने कुराले विवाद भई घरभित्रै कुटपिट भएको प्रहरी अनुसन्धानमा देखिएको छ । कुटपिट पछि आशिष बाहिर बरान्दामा आएर सुते । राती ११ बजे निन्द्रा खुलेपछि फेरि घरमा फर्केर जाँदा मनिषा झुन्डिको देखे ।

उनले घाँटीमा रहेको सल फुकाएर मनिषालाई अर्को कोठामा सुताएर र आफु घर फर्केका थिए । मनिषाको घाँटीको पासो मनिसाले आशिषलाई गिफट दिएकी थिईन् । पछि, घाँटीको पासो आशिषले हाईवेको एक कल्वर्टमा लगेर फालेका थिए ।

घटनाको सत्यतथ्य अनुसन्धानका लागि रगत स्याम्पलको रिपोर्ट र भिसेराको रिपोट अझै आउन बाँकी रहेको छ । घटनाको पोष्टमार्ट रिपोर्ट र पोलिग्राफ रिपोर्टले हत्या तथा आत्महत्याको पुष्टि हुन नसकेको कारण प्रहरीले अझै थप अनुसन्धान गर्ने बताएको छ ।

२०७० सालदेखि नेपालमा प्रयोगमा आएको नयाँ प्रविधि पोलिग्राफ परिक्षण ठुलाठुला चोरी, मानव बेचबिखन, ज्यानमार, जबरजस्तीकरणी र रहस्मय मृत्युका घटनाहरुको अनुसन्धानका लागि पोलिग्राफ परिक्षण गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV