१९ जेष्ठ २०७३, बुधबार

भूकम्प प्रभावित क्षेत्रमा भ्वाङै भ्वाङधुन्चे (रसुवा)। सुरक्षित र सहज जीवनयापनका लागि एक दाताले भूकम्पपीडितलाई जग्गा दान गर्नुभएको छ ।

डाँडागाउँ वडा नं –१ निवासी भरत उपनामले चिनिने पितानाथ रैलाले सोही गाविस–९ करुमाङ निवासी भूकम्पपीडित पूर्णबहादुर तामाङले ६ आना जग्गा पुनर्वासका लागि दान स्वरुप प्रदान गर्नुभएको मालपोत कार्यालय रसुवाले जनाएको छ ।

आफ्ना माता बालकुमारी रैला र छोरी निर्मला रैलाको २०७२ सालको विनाशकारी भूकम्पका कारण मृत्यु भएको र उहाँहरूको सम्झना गर्दै ग्रामीण दूरदराज घर निर्माणका लागि जग्गाको स्वामित्व हस्तारन्तरण गरेको जग्गादाता रैलाले बताउनुभयो ।

भूकम्पबाट करुमाङ (डाँडागाउँ) क्षेत्रका दुईसय भन्दा बढी घरपरिवार विस्थापित भएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV