१९ जेष्ठ २०७३, बुधबार

जोन अब्राहम र बरुण धवन अभिनीत फिल्म ‘ढिशुम’ को पहिलो पोष्टर रीलीज भएको छ । उक्त रिलीज पोष्टरमा दुबै अभिनेतालाई देखाईएको छ । त्यस्तै नायक बरुण धवनले पनि ट्वीट गर्दै लेखेका छन्, “डिशुम पोष्टर” । ४३ वर्षीया अभिनेता जोन अब्राहमलाई शेयर गरीएको पोष्टरमा एक रफ एण्ड टफको अन्दाजमा देखाइएको छ । त्यस्तै २९ वर्षिय बरुण पनि उक्त पोष्टरमा कालो रंगको सुट,टाईको पहिरनमा देखाइएको छ ।

114085-dishoom
फिल्म ‘ढिशुम’लाई रोहीत धवनले निर्देशन गरेका हुन् । फिल्ममा उच्च स्तरको एक्शन दृश्यलाई प्राथमीकतामा राखीएको छ । फिल्मको प्रोमो पनि चाडैनै रीलीज हुदैछ । फिल्ममा जोन अब्राहम र बरुण धवनको साथमा ज्याकलीन फर्नाण्डेज र साकीब सलिम पनि लीड कलाकारको रुपमा रहेका छन् । फिल्म ‘ढिशुम’को अधिकतम सुटिङ संयुक्त अरबमा रीएको छ । अब ‘ढिशुम’ जुलाईको २९मा सम्पुर्ण दर्शक माझ रीलीज हुदैछ ।

uiouipo

LIVE TV