१९ जेष्ठ २०७३, बुधबार

truckइलाम । इलामको फाकफोकस्थित घुर्बिसे पञ्चमी बजार नजिकै मंगलबार भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

गोलिया बोकेर राँकेतर्फ आउँदै गरेको ना २ ख ७३९० नंको ट्रक अनियन्त्रित भई पल्टिँदा ट्रक चालक इलाम चमैता–२ का ४० वर्षीय टेकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।  ट्रकमा अत्यधिक गोलिया लोड गरेकाले ट्रक अनियन्त्रित भएको बताइएको छ ।

LIVE TV