१९ जेष्ठ २०७३, बुधबार

फरारकञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का मानव बेचबिखन मुद्दाका आरोपी वीरबहादुर सुनार मंगलबार प्रहरी नियन्त्रणबाट भागेका छन् ।

मानव बेचबिखनमा दोषी देखिएका सुनारलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले सोधपुछका लागि बोलाइएपछि उनी भाग्दै भारतीय सीमामा पुगेका थिए । भाग्दै गरेको सुनारको पिछा गर्दै प्रहरी जवानसँग गएका प्रहरी निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले सीमा नाका नाघ्दै गरेका बेला हवाई फायर गर्दै उनलाई पक्राउ गरी इप्रका पु¥याएका थिए ।

इलाका प्रहरी कार्यालय पु¥याइएका सुनारलाई उनका आफन्तले होहल्ला गर्दै भगाएको प्रहरी निरीक्षक सुनारले बताउनुभयो । उनी भागेर भारततर्फ गएकाले खोजबिनको कार्य जारी रहेको उहाँले बताउनुभयो । सुनारविरुद्ध २०६६ सालमा जिल्ला अदालत कञ्चनपुरमा मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV