१९ जेष्ठ २०७३, बुधबार

bambooबैतडी। पानी ट्याङ्कीमा खसेर दार्चुलाको भगवती गाविसमा मङ्गलबार एक बालिकाको ज्यान गएको छ ।

ज्यान जानेमा भगवती–९ का करवीरसिंह धामीकी ६ वर्षीया छोरी लक्ष्मी धामी रहेकी स्थानीयवासी किसन सिंह धामीले बताउनुभयो ।

स्थानीय राष्ट्रिय मावि ठिङमा कक्षा १ मा अध्ययनरत धामी विद्यालयवाट फर्किरहेका बेला एक्कासि सिँचाइको पानी ट्याङ्कीमा खसेर ज्यान गएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरले भने यसबारे कुनै पनि जानकारी नआएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV