१९ जेष्ठ २०७३, बुधबार

ucpn-maoist-officeमाओवादी केन्द्रको नाममा क्रान्तिकारी कम्युनिष्टहरु एकीकृत भएपछि राष्ट्रिय राजनीतिक माहौलमा ठूलो फेरबदल हुन थालेको छ । शक्तिशाली माओवादी केन्द्रको गठनपछि नयाँ अवस्थामा यसभित्र अन्तरविरोध सिर्जना हुनु स्वाभाविक हो भने प्रतिक्रियावादी खेमा आत्तिनु पनि स्वाभाविक हो । माओवादी केन्द्रको उदयपछि खासगरी एमाले हच्किएको छ भने कांग्रेस पनि तर्सिएको छ ।

आजको समयबद्व साप्ताहिकमा खबर छ । माओवादी केन्द्र गठन भए पनि यसले पूर्ण गति लिएको छैन, गति नलिँदै दुर्गति सुरु होस् भन्ने तत्वहरु पनि सल्बलाउन थालेका छन् । माओवादी केन्द्रमा नसमेटिएका मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवका समूहहरु माओवादी केन्द्रप्रति आक्रामक हुनुलाई स्वाभाविक लिइएको छ तर माओवादी केन्द्रभित्रको अन्तरविरोध व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । माओवादी केन्द्रभित्र खासै ठूलो वैचारिक अन्तरविरोध देखिएको छैन तर संगठनात्मक अन्तरविरोधलाई वैचारिक अन्तरविरोधको खोल हालिदिने चलन भने पुरानो हो । संगठन व्यवस्थापन साधारण विषय हो र हुन पनि पर्छ तर यही विषय माओवादी आन्दोलनमा सधै समस्याका रुपमा देखिने गरेको छ । संगठनात्मक अन्तरविरोधलाई समातेर प्रतिक्रियावादी तत्वहरुले पनि खेल्ने गरेको इतिहास माओवादी आन्दोलनले भोगिसकेको छ ।

माओवादी केन्द्र सिर्जना भएपछि जनतामा व्यापक उत्साह छाएको छ । माओवादी आन्दोलन छिन्नभिन्न हुन खोजेकोमा दुखी भएका जनता अहिले उत्साहित छन् । तर, त्यही रफ्तारको उत्साह केन्द्रभित्र पैदा हुन सकेको छ कि छैन भन्ने महत्वपूर्ण प्रश्न बन्न थालेको छ । खासगरी सत्ताको शिविर वरिपरि घुम्ने, जनयुद्धमा यो र त्यो गरेको थिएँ भनेर त्यसकै मात्र व्याज खान खोज्ने प्रवृत्ति माओवादी केन्द्रभित्र अहिले पनि कमजोर छैन । एकतामा भन्दा द्वन्द्वमा लाभ देख्ने, कृत्रिम अन्तरविरोध सिर्जना गरेर त्यसैको वरिपरि खेलेर बस्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनका लागि नयाँ होइन । अहिले झन देशीविदेशी शक्ति केन्द्रको प्यारो बनेकाहरुले हरेक राजनीतिक दलहरुभित्र हाइहुकुम चलाउन खोजिरहेको अवस्था छ । यस्तो प्रवृत्ति माओवादी केन्द्रभित्र पनि नफस्टाओस् भनेर नेतृत्व र कार्यकर्ता पंक्ति दुवै सचेत हुनुपर्ने अवस्था आएको छ ।

हिजो भारतको सत्तोसराप गरेर राष्ट्रवादको नारा दिनेहरु आज अचानक किन दक्षिण मुख फर्काइरहेका छन् ? यस्तो प्रश्न माओवादी केन्द्रका कतिपय नेताहरुलाई पनि सोधिने गरेको छ । कुनै पनि दस्तावेजमा भारतीय विस्तारवाद लेखिनु हुन्न, लेखे पनि त्यसलाई ठूलो स्वरमा वाचन गर्नु हुन्न भारतीय शासकलाई नाकाबन्दी लगाउनुपर्छ भन्दै भारतीय दूतावासमा धाउने एउटा प्रवृत्ति वैद्य र विप्लव दुवै समूहमा रहेका छन् । ती समूहसँग यही विषयमा हिमचिम गर्नेहरु विगत एमाओवादीमा पनि थिए । यो प्रवृत्तिले भिन्नभिन्न शिविरमा बसेर एकीकृत रुपमा माओवादी केन्द्रभित्र पनि खेल्छ कि भन्ने चिन्ता कार्यकर्ता पंक्तिमा देखिएको छ । यस्तो चिन्ता नाजायज होइन पनि ।

जुन उत्साह साथ माओवादी केन्द्र गठन भएको थियो, त्यो उत्साहलाई कायम राखेर अब कसरी अगाडि बढ्ने भन्ने प्रश्न माओवादी केन्द्र समक्ष रहेको छ । एकीकृत पार्टी संगठनात्मक रुपमा गतिहीन, दिशाहीन हुन थाल्यो भने कार्यकर्ता पंक्तिले सहँदैन भन्ने निश्चित छ । देशी विदेशी प्रतिक्रियावादी षडयन्त्रबाट छिन्नभिन्न हुन खोजेको माओवादी आन्दोलन एकीकृत भएपछि अब जनतालाई के नयाँ सन्देश दिने ? केन्द्रका नेताहरु समक्ष चुनौती आएको छ । नेताहरुलाई जस्तै चुनौती गाउँगाउँका कार्यकर्ताहरुलाई पनि छ, एकीकृत पार्टीले जनताका लागि के गर्छ र के फरक हुन्छ भन्ने सन्देश कार्यकर्ताले जनस्तरमा पु¥याउनु परेको छ ।

माओवादी केन्द्रले अब स्पष्ट रुपमा दुइटा मोर्चामा आफूलाई खरो सावित गर्नुपर्ने भएको छ,– संसदीय मोर्चा र सडकको मोर्चा । यी दुवै मोर्चालाई समन्वय गरेर अगाडि बढ्ने कौशल देखाउन सकिएन भने पार्टी कि संसदीय भासमा फस्ने छ, कि अन्त्यहीन आन्दोलनको गोलचक्करमा फस्ने छ । हिजो जनयुद्धको मोर्चामा रहेको माओवादीसँग जनताले संघर्षको अपेक्षा गर्थे, आजको माओवादी केन्द्रसँग जनताले सबैथोकको अपेक्षा गर्छन् । महंगी र मूल्यवृद्धि नियन्त्रणदेखि राज्यका दैनिक यावत समस्यामा माओवादी केन्द्रले हस्तक्षेप गरेको हेर्न चाहन्छन् जनता । जनताका यी सबै चाहना पूरा गर्न माओवादी केन्द्रले नयाँ उत्साह, नयाँ गति र नयाँ कार्यशैलीले अगाडि नबढी सुखै छैन

– See more at: http://www.ratopati.com/aakhabar/54144/#sthash.aXL7H4pe.dpuf

LIVE TV