१९ जेष्ठ २०७३, बुधबार

jelजागिरको उतराद्र्वमा इज्जतमै दाग लाग्ने गरी अख्तियारद्वारा समातिनु, बुढेसकालको सहारा छोरो मारिनु र आफ्नै सन्तानको सफाया गर्ने हत्याराहरुसँग जम्काभेट हुनुजस्तो नमिठो पीडा अरु के हुन्छ ? यस्तै दुखेसो पोख्नुपरेको छ, शान्तराज रेग्मीले ।

अछाम जिल्लामा जन्म भई हाल कैलाली बसाईं सरेका रेग्मीको जागिरे जीवन अढाई वर्ष मात्र बाँकी छ । २०७० साउन मसान्तको दिन महिनाभरीको घुस र कमिसनको रकम लिएर सहकर्मी हधिकृत मिनर्भा अधिकारी र शान्तराज रेग्मी सरकारी गाडीमै घर फर्कंदै गर्दा अख्तियारको टोलीद्वारा पक्राउ परेका थिए ।

उनका छोरा चिरञ्जीविलाई १२ कक्षामा पढ्दापढ्दै २०६९ साल भदौ १७ गते जोरपाटीका सरोज बस्नेत, बागबजारका निशुम ताण्डुकारलगायत ४ जनाको समूहले छुरा प्रहार गरी हत्या गरेको थियो । घुसखोरीको अपराध प्रमाणित भएपछि शान्ताराज चारखालस्थित जेलमा कैद भुक्तान गर्न पुगे । तर विडम्बना, उनलाई जेलमा स्वागत गर्नेहरु आफ्नै छोराको हत्यारा थिए ।

आफूले मारेकै केटाका बाबु हुन् या होइनन् भनेर यकिन गर्न ती हत्याराहरु पटक–पटक उनलाई सोध्ने गर्थे, तपाईं चिरञ्जीविकै बुबा होइन ? तर, आफ्नै ज्यानमाथि खतरा हुने डरले रेग्मीले भन्ने गर्थे– होइन होइन । म चिरञ्जीविलाई चिन्दिन । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

LIVE TV