१९ जेष्ठ २०७३, बुधबार

KP-Prachanda‘केपी ओलीलाई चिन्या छैन तपाईंहरुले, हेर्दै जानुहोला स्थानीय चुनावसम्म म चलाउँछु–त्यसपछि संसदीय चुनाव तपाईं गर्नुहोला भनेर ज्यान गए सत्ता छाड्दैनन र स्थानीय चुनाव मंसिरमा हुँदा पनि हुन्न ।

संवैधानिक व्यवस्थाअनुरुप बालानन्न पौडेल नेतृत्वको स्थानीय निकाय पुनर्संरचना आयोगले चैतमा रिपोर्ट दिनासाथ सारा तल्ला निकाय भंग भई नयाँ निर्वाचन गराउनुपर्ने हुँदा ३ महिनाको निम्ति अरबौं खर्चेर, धपेडी मच्चाएर चुनाव गराउँछु भन्नु जनतालाई मूर्ख बनाउनु मात्र हो ।’ यसो भन्दै एमाओवादी अध्यक्ष प्रचण्डलाई एमालेका केही नेताले उराल्ने गरेको बताइन्छ ।

संविधानको धारा ३०३ मा गाविस, जिविसको चुनाव गराइने संक्रमणकालिन अनिवार्य प्रावधान राखिएबमोजिम सुशील कोइराला र केपी ओली दुवैले सार्वजनिक प्रतिबद्वता व्यक्त गरेका हुन् । सोहीअनुसार मंसिरमा चुनाव गर्ने भनेर बजेटसमेत छुट्याइसकेको छ । तर, चुनावको निम्ति सिमाना निर्धारण भइसकेको छेन । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV