१९ जेष्ठ २०७३, बुधबार

नेविसंघनेपाल विद्यार्थी संघका नेताहरुले लामो समय देखि महाधिवेशन नहुँदा अन्य संगठनका अघि मुख देखाउन लाज भएको बताएका छन् । नेविसंघको उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै संघका नेताहरुले पुनः स्थगीत नहुने गरी महाधिवेशनको मिति तोक्न र आफ्नो नेता आफैं छान्न पाउनु पर्ने जिकिर गरेका हुन ।

आवाधिक निर्वाचन नहुँदा इतिहासको वखान गर्नु बाहेक संघसँग वर्तमानमा चर्चा गर्ने कुनै विषय नै बाँकी रहेको नेताहरुको गुनासो गरे । ‘इतिहासको चर्चा गर्ने होइन वर्तमानको चुनौतिसको सामना गर्ने नेवि संघ आवश्यक छ,’ संघका नेता दिपक भट्टराईले भने, ‘नेताको आर्शीवादबाट होइन, अब आफ्नो नेता आफै छान्न पाउनु पर्छ ।’

मुलुकमा जारी कालोबजारी, महंगी नियन्त्रणसहितका सरकारको गैर जिम्मेवार पनको विरुद्ध पार्टी र संगठनलाई परिचालन गर्न पनि संघको महाधिवेशन हुनु पर्नेमा संघका नेताहरुले जोड दिए । ‘नेतृत्वका लागि आन्तरिक प्रतिष्र्पधा गरौले जो जित्छ उसैले संगठन गर्ला,’ नेता मनोजमणि आर्चायले भने, ‘महाधिवेशन तत्काल गरौ र विधानमै महाधिवेशन गर्ने बाध्यकारी व्यवस्था गरौ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

 

LIVE TV