
नेकपा एमाले दाङमा पार्टी अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षबीच तिब्र बिबाद चुलिएको छ। एक अर्काको प्रस्तावलाई अस्वीकार गर्दै बैचारिक विमतीमा रहेका उनीहरु पछिल्लो समय ‘प्रतिकार’गर्ने सम्मको अवस्थामा पुगिसकेका छन्।
एकअर्कालाई पेलेरै जाने रणनीतिमा सकृय यि दुई समूह समानान्तर कमिटि निर्माणमा सकृय देखिएका छन्। उनीहरुबीच जिल्ला नेतृत्व कसले लिने भन्ने बिषयमा विवाद सुरु भएको थियो। अहिले पार्टीको जिल्ला कमिटिमा दुईनेता घोषणा भएका छन् ।
ओली पक्षधर समूहले सचिव हुकुम बस्नेतलाई कार्यवाहक अध्यक्ष तोकेको छ भने नेपाल समूहले साविककै अध्यक्ष जोगवहादुर राना आधिकारीक अध्यक्ष भएको दाबी गरेको छ। छुट्टा छुट्टै वैठक र भेला गर्दै आएका यि समूहहरुले जिल्लाका विभिन्न तहमा रहेका विपक्षि नेताहरुलाई सदस्यता नरहने गरि कारवाही समेत गरेका छन्। आजको नागरिक दैनिकमा खबर छ ।