१९ जेष्ठ २०७३, बुधबार

डा. रामशरण महतप्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसभित्रै सरकारले ल्याएको बजेट लोकप्रिय रहेको भन्दै विपक्षमा नजान चर्को दबाब परेको तथ्य खुलेको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा. रामशरण महतले मंगलबारको सांसद बैठकमा सो खुलासा गरेका हुन् ।महतका अनुसार लोककल्याणकारी राज्यको अवधारणाअनुसार बजेट आएको र जनताले मन पराएको भन्दै कांग्रेस नेताहरुले नै राम्रो कामलाई साथ दिनुपर्ने बताई विरोध नगर्न भनेका आजको राजधानी दैनिकले जनाएको छ ।

‘कांग्रेसकै सांसदले मलाई अर्थमन्त्री हुँदा राम्रो बजेट ल्याएको भन्दै गम्भीर प्रश्न उठाए, ‘व्यवस्थापिका संसदमा मंगलबार बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री महतले भने ।उनले आफूले लाएको कार्यक्रमलाई निरन्तरता दिइएको तथ्य नबुझेरनै कांग्रेस सांसदहरले आलोचना प्रस्टीकरणसमेत दिए ।

LIVE TV