१९ जेष्ठ २०७३, बुधबार
Nepali-Congress-Party-Office-NC-HQ-Headquater-Headofficeआगामी भदौ अन्तिम सातादेखि हुन लागेको नेपाली कांग्रेसको भ्रातृ संगठनहरुको अधिवेशनमा हावी हुन संस्थापन पक्ष र अल्पमत पक्षबीच होडबाजी सुरु भएको छ । राजधानी दैनिकमा समाचार छ।
सभापति शेबहादुर देउवाले नेतृत्व गरेको संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको अल्पमत पक्ष  दुबैले भ्रातृ संगठनमा कव्जा गर्ने रणनीति बनाउन थालेका छन् ।
कांग्रेसेको १३ औं महाधिवेशनपछि पहिलोपटक यसलाई महत्व दिएका हुन् । भ्रातृ संगठन अधिवेशनको नतिजाले पार्टी राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने हुनाले कव्जा जमाउन दुवै पक्ष अहिलेदेखि  नै जुटेका हुन् ।
पार्टीभित्र सबैभन्दा प्रभावशाली भातृ संगठन मानिने तरुण दलको अधिवेशन आगामी २४ देखि २६ भदौमा हुँदै छ । यस्तै २८ देखि ३० भदौमा महिला संघ र ४ देखि ६ असोजमा किसान संघको अधिवेशन हुँदै छ । नेविसंघको अधिवेशन मिति तय भइनसकेको भएपनि यथाशक्य चाँडो घोषणा गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV