१९ जेष्ठ २०७३, बुधबार
king_birendra_family-nepal-sandeshआज जेठ १९ गते । तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको १४ वर्ष पुरा भएर आजबाट १५ वर्ष लागेको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ।
विश्वले नै बिर्सनै नसक्ने त्यो रात सम्झँदा जीउ सिरिङ हुन्छ। राजा वीरेन्द्रको परिवारको संझना आउँछ ।  तर विश्वमा नै चर्चित भनेको दरबार हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन।
प्रधानमन्त्री भएको बेलामा स्वर्गीय गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतकाले दरबार हत्याकाण्डको छानबिन गरेरै छाड्ने प्रतिबद्धता जनाएको वर्षौ भइसकेको छ।
सो घटनामा केही पनि भएको छैन् । तत्कालिन युवरनज दीपेन्द्रले हत्या गरेको भन्ने कुरा छानबिनपछि बनाइएको प्रतिबेदनले जनाएपनि त्यसमा अझै ठूलो जनसमूहलाई आंशका रहेको छ।

LIVE TV