१८ जेष्ठ २०७३, मंगलवार

 

पछिल्लो समयमा ग्यासको आपुर्ति सहज रुपमा नहुनु तथा लोडिसेडिङको कारण गाउँ घरमा दाउराको प्रयोग बढ्न थालेको छ । दाउराको प्रयोग बढे सगै धुवाका कारण हुन सक्ने समस्यालाई मध्यनजर गरि धरान उपमहानगर पालिका २६ मा सुधारिएको धुवा रहित चुल्हो प्रयोगमा ल्याउने  अभियाननै सुरु गरिएको छ ।

साविक विष्णुपादुका गाविस हालको धरान उपमहानगर पालिका २६ नम्बर वडावासी अहिले सुधारिएको धुवा रहित चुलो निमार्णमा लागेका छन् । नारी स्वतन्त्र मञ्चको अगुवाईमा स्थानिय हरुलाई चुल्हो बनाउने तालिम सुरु गरे पछि अहिले स्थानियहरुको  यो चुल्हो प्रति आकर्षण बढेको हो । समयको बचत सगै लोडसेडिङ तथा एलपी ग्यासको विकल्पको रुपमा यो चूल्होलाई प्रयोग गर्न सकिने वडा नागरिक मञ्चकी संयोजक रुविना राईको भनाई छ ।

स्वास्थ्यमा समेत असर नपर्ने तथा आफैले बनाउन सकिने भएकोले यो चुल्हो ग्रामीण भेगको लागि अत्यावश्यक भएको चुल्हो निमार्णका प्रशिक्षक गोपाल श्रेष्ठको भनाई छ । आफैले इटा बनाएर , फलाम तथा माटोले यो चुल्हो बनाउन सकिने तथा ७ दिनमा निमार्ण गर्न सकिने उनले वताए ।

धरान   पुर्वकै सुविधा सम्पन शहरको रुपमा परिचित भएपनि उपमहानर पालिका क्षेत्र भित्र ग्रामिण भेग पनि रहेको तथा सो क्षेत्रमा प्रस्तस्त दाउरा पाईने भएकाले इन्धनको विकल्पको रुपमा सुधारिएको चुल्हो निमार्णमा धरान उपमहानगर पालिकाले सहयोग गरेको वरिष्ठ लेखा परीक्षण अधिकृत रमेश कुमार शाहले जानकारी दिनुभयो ।

आफै बनाउन सकिने तथा थोरै दाउरामा छिटो खाना पकाउन सकिने भएकोले पनि स्थानीयहरु यो चुल्हो प्रति आकर्षण बढ्दै गएको हो ।

 

LIVE TV