१८ जेष्ठ २०७३, मंगलवार

sansad n

बिभिन्न राजनीतिक दलका सांसदहरुबीच बजेटमा बिनियोजन भएको निर्वाचन क्षेत्र बिशेष कार्यक्रमको ३ करोड रुपैयाको बिषयमा चर्को मतभेद भएको छ । सत्तारुठ दल र बिपक्षाी दलका सांसदहरुले बजेटमा बिनियोजन भएको रकम निर्वाचनलाई प्रभाव पार्ने गरी ल्याइएको भन्ने बिषयमा मतान्तर भएको  हो ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा निर्वाचन क्षेत्र बिशेष कार्यक्रम भनेर ३ करोड रुपैया बिनियोजन गर्नु भएको छ । गत बर्ष डेढ करोड रुपैया रहेको सांसदको निर्वाचन क्षेत्रमा यस पटकको बजेटमा रकम दोब्वर बृद्धि गरिएको हो । त्यसैगरी बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम पनि बृद्धि गरी ५० लाख रुपैया पुर्याइएको छ । सांसदहरुबीच स्थानीय निकायको खर्च र निर्वाचनको बिषयमा चर्को मतभेद रहेको हो ।

नेपाली काग्रेसका सांसद रामहरि खतिवडाले बजेटमा बिनियोजन गरेको ३ करोड रुपैया निर्वाचनलाई प्रभावित पार्ने गरी ब्यवस्था गरिएको आरोप लगाउँनुभयो ।

उहाँले स्थानीय निर्वाचन हुन नसक्ने भन्दै सो रकमको दुरुपयोग हुनसक्ने आशंका ब्यक्त गर्नुभयो ।

एमालेका सांसद रामेश्वर फुयाँलले निर्वाचन क्षेत्रमा भएको रकमको दुरुपयोग हुन नसक्ने भन्दै सरकारको वचाउ गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले बजेटमा बिनियोजन भएको रकमको दुरुपयोग भए नभएको बियषयमा स्थानीय जनता र राजनीतिक दल र उपभोक्ताहरुले फैसला गर्ने बताउनुभयो ।

निर्वाचित सांसदहरुलाई दिइएको बजेटको बिषयमा यति वेला सत्तारुढ दल र बिपक्षी दलहरुको आ आफ्नै मत र दावी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV