
केही दिनयता सुनको मूल्यमा लगातार गिरावट आइरहेकोमा मंगलवार भने बढेको छ ।
मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले मँहगीएको छ । मंगलवार ५४ हजार ३ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार प्रतितोला ५४ हजार रुपौयाँमा कारोबार भएको थियो ।
मंगलवार तेजावी सुनप्रतितोला ५४ हजार ५० रुपैयाँमा कारोवार भएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि घट्दै गइरहेकोमा मंगलवार भने ५ रुपैयाँ बढेको छ ।
सोमबार प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार ७ सय ५० पुगेको छ ।