१८ जेष्ठ २०७३, मंगलवार

sansad n

संसदमा पेश हुनु पहिले नै बजेट सार्वजनिक भएको विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ ।

दलहरुबीचको छलफलपछि छानबिनका लागि कांग्रेसका सांसद रमेश लेखकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो ।

समितिले साढे ३ महिनाभित्र संसदमा पेश हुनु पहिले नै बजेट सार्वजनिक भएको विषयमा छानबिन गरेर आगामी दिनमा यस्ता कमजोरी हुन नदिन सुझावसहितको  प्रतिवेदन बुझाउनेछ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा बजेट प्रस्तुत हुनुअघि नै सार्वजनिक भएको विषयमा छानबिन गर्न समिति गठन नभएसम्म संसद बैठक चल्न नदिने अडान लिएका थिए ।

समिति गठन भएपछि आजको संसद बैठक सूचारु भयो । हिजो संसद बैठकमा कांग्रेसले छानविनको माग गर्दै पटक पटक अवरोध गरेको थियो । आजको बैठक पनि मधेसी मोर्चाले बहिस्कार गरेको छ ।

LIVE TV