
मुम्बाई, भारतको महाराष्ट्रमा रहेको सैनिक हतियार भण्डारण गोदाममा सोमबार मध्यराति भएको आगलागीमा परी कम्तीमा २० जना सैनिकको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले मङ्गलबार दिएको जानकारीअनुसार यस लागलागीमा कम्तीमा २० मृत्यु हुनुको साथै १७ जना सैनिक अधिकारीहरु घाइते भएका छन् ।
सो गोदामको वरिपरि बसोवास गर्दै आएका करिब एक हजार बासिन्दालाई सैनिक हेलिकोप्टरबाट त्यस स्थानबाट अन्यत्र सुरक्षित स्थानमा सारिएको पनि बताइएको छ ।
पश्चिम भारतीय राज्य महाराष्ट्रको नागपुर सहरनजिकै पुलगाओन क्षेत्रमा रहेको सो गोदाममा स्थानीय समयाअनुसार सोमबार मध्यराति सो आगलागी भएको बताइएको छ ।
सोमबार मध्य राति सुरु भएको सो आगलागी स्थानीय समयअनुार मङ्गलबार बिहान ६ः१५ बजे मात्र नियन्त्रणमा लिइएको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाप्रति दुख व्यक्त गर्नु हुदै रक्षा मन्त्री मोनोहर परिकारलाई घटना स्थलको तत्काल भ्रमण गर्ने आदेशसमेत दिनु भएको छ । रासस ÷ सिन्ह्वा