१८ जेष्ठ २०७३, मंगलवार

मदिराजन्य र सुर्तीजन्य वस्तुमा लाग्ने अन्तःशुल्कमा ८ देखि १५ प्रतिशतसम्म वृद्धि भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

शनिवार प्रस्तुत बजेटमा व्यवस्था भए बमोजिम अन्तशुल्क करमा वृद्धि भएको बताइएको छ ।

आर्थिक वर्ष २०७३ र ७४ को बजेटले अन्तःशुल्क दरमा वृद्धि गरेको हो । मदिराजन्य पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थ एवम्  विद्युतीय,प्लास्टिकजन्य वस्तु, सवारी साधनको मूल्यका आधारमा अन्तःशुल्क लगाइएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

अन्तःशुल्क वस्तुको आन्तरिक उत्पादन तथा पैठारीमा लाग्ने कर हो ।  करको भार अन्तिम उपभोक्तामा पर्छ । मानवीय स्वास्थ्य र वातावरणीय स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने वस्तु तथा विलासिताका वस्तुमा अन्तःशुल्क लगाइने आन्तरिक राजस्व विभागले जनाएको छ ।

नेपालमा भन्सार शुल्कको दर घटाउँदै लगिएको र आयात हुने टेलिभिजन, टेलिफोन, माइक्रोफोन, सिमेन्ट, मार्बल, टायल्स, फलाम, पेन्ट्स, अप्टिकल फाइबरलगायतका वस्तुमा  अन्तःशुल्क बृद्धि गर्दै लगिएको छ ।

 

 

LIVE TV