१८ जेष्ठ २०७३, मंगलवार

कृषि बिकास मन्त्री हरिबोल गजुरेलले सरकारले किसान पेन्सनको योजनालाई बजेटमा समावेश नगरेर बजेटलाई अपाङ्ग बनाएको बताउनुभयो ।

उहाँले समग्रमा बजेट राम्रो भए पनि केही बुँदाहरुमा कन्जुस्याँई गरिएको आरोप लगाउनुभयो ।

कृषि र बजेट बिषयक काठमाण्डौंमा आयोजित साक्षात्कारमा मन्त्री गजुरेलले सरकारले नीति तथा कार्यक्रममा ल्याएको कुरा बजेटमा समावेस गर्न नसकेको प्रति आपत्ति प्रकट गर्नुभयो ।

उहाँले कृषि क्षेत्रलाई आधुनीकिकरण, ब्यवासायिकरण र यान्त्रिकरण गर्ने कुरा किसानमा उत्साह नजगाएसम्म कार्यान्वयन हुनै नसक्ने ठोकुवा गर्नुभयो ।

कृषि मन्त्री गजुरेलले बजेटले किसान पेन्सनको अध्ययन मात्रै गर्ने भनेर एक खुट्टा भाचिदिएको आरोप लगाउनुभयो । कृषिमा भविष्य छ भनेर किसानमा उत्साह नल्याएसम्म मोसिन ल्याएर मात्रै कार्यान्वयन नहुने उहाँको तर्क छ ।

कृषिमन्त्री गजुरेलले किसानलाई सहज रुपमा ऋण दिन सकिने र जमिन बाँझो राख्दा सुविधा पाउन नसक्ने भएकोले जमिन बाझो राख्ने समस्याको पनि स्वतह अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

LIVE TV