
देश विकासको नयाँ चरणमा प्रवेश : प्रधानमन्त्री केपी ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको नयाँ चरणमा प्रवेश गरेकाले उर्जा विकास अनिवार्य भएको बताउनुभएको छ । काठमाडौंमा सुरु भएको उर्जा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अन्तराष्ट्रिय लगानीको केन्द्र बनाउन प्रयास गरिरहेको बताउनुभयो ।
नेपालमा गरेको लगानी सुरक्षित हुने भन्दै प्रधानमन्त्री ओलीले ढुक्क भएर नेपालको उर्जा क्षेत्रमा लगानी गर्न पनि अन्तराष्ट्रिय कम्पनीलाई आग्रह गर्नुभयो । सम्मेलन नेपालको उर्जा विकासमा कोषेढुंगा सावित हुने उहाँको विश्वास छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले नीतिगत सुधारसँगै नेपालमा लगानीको वातावरण बढ्दै गएको बताउनुभयो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले नेपालले १० वर्षमा १० हजार बिजुली निकाल्न सक्ने बताउनुभयो ।
नेपालका लागि अमेरिकी राजदूत अलेना बी टेप्लिज्ले नेपालको आर्थिक प्रगतिमा अमेरिकी सहयोग सदा रहने बताउनुभयो ।
काठमाडौंमा बुधबारसम्म चल्ने अन्तराष्ट्रिय उर्जा सम्मेलनमा नेपालसँगै भारत, भुटान, चीन, सिंगापुर लगायतका देशका, उर्जा कम्पनी, ठेकेदार कम्पनी तथा कन्सल्ट्यान्टको सहभागिता छ ।