१८ जेष्ठ २०७३, मंगलवार

Cabinet-PM-Oli-1बजेट सूचना चुहावट प्रकरण विषयमा छानविन समिति गठन गर्न सत्तारुढ दल सहमत भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सरकारमा रहेका सबै दलको बैठक बालुवाटारमा छलफल भएको हो ।छलफलमा बजेट सार्वजनिक हुनु पूर्व चुहावट भएको सम्बन्धमा प्रमुख प्रतिपक्षीको माग अनुसार छानविन समिति गठन गर्न सत्तारुढ दल सहमत भएका छन् । काँग्रेसले छानविनको माग गर्दे सोमवारको संसद बैठक अबरुद्ध पारेको थियो ।

सत्तारुढ दलको आज विहान बसेको संयुक्त बैठकले प्रमुख प्रतिपक्षी कंग्रेसको संसदीय छानविन समिति गठनको मागमा सहमति जनाएको हो ।व्यवस्थापिका संसद्मा पेस हुनु अघिनै बजेटका महत्वपूर्ण विषय सार्वजनिक भएको भन्दै कंग्रेसले छानविनका लागि संसदीय समिति गठनको माग गरेको थियो । संसद्मा जारी गतिरोध अन्त्यका लागि छानविन समिति गठन गर्न सत्तारुढ दल तयार भएको एमाले वरिष्ठ नेताले बताए ।उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बजेट प्रस्तुत हुनुअगावै सूचना चुहावट भएको कुरालाई लिएर प्रमुख प्रतिपक्षी दलले गरेको अवरोधलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको बताए । रायमाझीले भने “आजै संसद् हुनु अगावै प्रमुख प्रतिपक्षी दलहरुसँग बसेर समस्याको समाधान खोज्ने तर्फ लाग्छौँ ।”

छानविन समिति गठन गर्न सत्तारुढ दल तयार भएसंगै सो विषयमा थप छलफल गर्न सर्वदलीय बैठक बस्ने भएको छ ।नयाँबानेश्वरमा अहिले केहीबेरमा बस्ने बैठकमा संसदीय छानविन समिति गठन, बजेट गोपनीयताको मापदण्ड लगायत विषयमा छलफल हुने छ ।

LIVE TV