
मलद्वारविहीन अवस्था रही लामो समयदेखि उपचार नपाएकी नौ महिनाकी लोकमाया सुनार र १३ वर्षीया लीला विक तथा ढाडको नसामा टयुमर पलाएर थला परेका नुवाकोट वागेश्वरीका बालक सुजन तामाङलाई पनि अस्पतालले निःशुल्क उपचार गरेको थियो ।

सुजन टयुमरका कारण दिसा पिसाब चुहिने समस्यासमेत भोग्दै आएका तथा मलद्वार नभएकी बालिकाको पेटबाट आठ किलोसम्म दिसा निकालिएको अध्यक्ष टण्डनले उक्त अस्पतालद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
अस्पताललाई नाफामूलक मात्र होइन, सेवामूलक बनाउन योगदान दिने सोचका साथ ग्रीन सिटी अस्पतालबाट खटिएको चिकित्सकको टोलीले केही समयअघि दैलेखमा स्वास्थ्य शिविर सञ्चालन गरी ४६५ जनाको स्वास्थ्य परीक्षणका साथै पाठेघर खसेका ४० को निःशुल्क शल्यक्रिया गरेको जनाइएको छ । रासस