१८ जेष्ठ २०७३, मंगलवार

फेसबुकमापोष्ट भएका कति स्टाटसहरु छन् जसको कारण तपाईं एक पटक सोच्नबाध्य हुनुपर्छ । प्रायजसो टिन एजर समूहका यूबा तथा यूबतीहरुले पोष्ट गर्ने गरेका स्टाटसहरुले क्षण भरमै अपत्यारिलो घटना निम्त्याएयको थुप्रै उदाहरणहरु छन् । यस्ता थुप्रै स्टाटसहरु छन् जसको कारण अब तपाईंको आङ नै सिरिङ्ग हुनु पर्छ र तपाइंले आफ्नो केटा केटीहरुलाई निगरानीमा राख्नु पर्छ नत्र उनीहरुले ज्यानै लिन सक्छन् । तपाइंको केटा केटीहरुको मुड कस्तो छ , खुशी छन् या निराश , के कारणले उदाश छन् यो सबै यावत कुराहरु तपाईंको छोरा छोरीहरुले फेसबुकमा पोष्ट गरेको स्टाटसहरु बाट सजिलै बुझ्न सकिन्छ ।

सबभन्दा महत्वपूर्ण पक्ष आफ्ना सन्तान र सन्ततिहरुलाई सामाजिक सञ्जालको दुनियाँबाट टाढा राख्न सक्ने अवस्था पक्कै छैन तर नियन्त्रणमा राख्न सक्ने अवस्था भने टाढा पनि छैन । यस्का लागि निगरानी र नियन्त्रण आवश्यक छ नै , जस्ले बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले विपत्तिलाई घर भित्र ननिम्त्याओस ।

LIVE TV