१८ जेष्ठ २०७३, मंगलवार

 

डोटी । डोटीको एक गाउँमा स्याउला काट्ने क्रममा भिरबाट खसेर एक स्वयम्सेविकाको मृत्यु भएको छ ।

जिल्लाको कफल्लेकी गाविस–८ बस्ने वर्ष ४८ की पार्वती खातीको मृत्यु भएको हो । जङ्गलमा स्याउला काट्ने क्रममा आइतबार सालको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । उनी खाती–८ खातीगाउँकी वडा स्वयम्सेविका थिइन् ।

दीपायलको कुलपाते नजिकै रहेको कोट भन्ने स्थानमा सालको रुखबाट खसेर समूहगाडमा रहेको पावर हाउसको भवन पछाडि करिब १५० मिटर तल खसी पार्वतीको मृत्यु भएको हो ।यसभन्दा अगाडि त्यसै भिरबाट खसी पाँच जनाभन्दा बढीको मृत्यु भएको खाती गाउँका स्थानीय इन्द्र शाहीले बताउनुभयो ।

LIVE TV