१८ जेष्ठ २०७३, मंगलवार

nepali-congressप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ‘बजेट संसद्ले सबैभन्दा पहिले थाहा पाउनुपर्ने विशेषाधिकार हनन्’ भएको भन्दै व्यवस्थापिका–संसद् बैठक सञ्चालनमा अवरोध पुर्‍याएको छ ।

कांग्रेसले सोमबार एकै दिन लगातार चारपटक बैठक अवरुद्ध ग¥यो । संसद्मा बजेट प्रस्तुत हुनुअघि नै सूचना चुहिएकाले त्यसबारे छानबिन समिति गठनको माग गर्दै कांग्रेसले सदन चल्न नदिएको हो ।बैठकको सुरुमा पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद डा. रामशरण महतले बजेटको गोपनीयता कायम नभएको उल्लेख गर्दै त्यसबारे छानबिन गर्न समिति गठनको माग गरे ।

“बजेट भाषणमा जुन फिगर आएको छ त्यो अगाडि नै अखबारमा आइसकेको छ,” महतले पत्रिका देखाउँदै भने, “यसले संसद्मा मानहानि भएको हो कि होइन ?” उनले बजेट सबैभन्दा पहिले थाहा पाउने सांसदको विशेषाधिकार हनन् भएको बताए ।

बजेटको गोपनीयता भंग भएको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने उनको भनाइ थियो । उनी बोलेलगत्तै कांग्रेसतर्फका सांसदहरू आ–आफ्नो सिटबाट उभिएपछि सभामुख ओनसरी घर्ती मगरले संसद् बैठक आधा घण्टाका लागि स्थगिन भएको घोषणा गरेकी थिइन् । आजको कारोबार दैनिकमा खबर छ ।

 

LIVE TV