१८ जेष्ठ २०७३, मंगलवार

Flag-Pins-India-Nepal_1प्रदेश सीमांकनको मुद्दा सम्बोधन गरेर शान्ति आएपछि सम्बन्ध आफौ सुदृढ हुने भारतीय अधिकारीहरूको तर्क छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।

कस्तो संविधान बनाउने, कस्तो संघीयता बनाउने भन्ने नेपालको आन्तरिक मामिला भए पनि दुई देशको सम्बन्ध सुधार गर्न मधेसी दलले राखेको सीमांकनको मुद्दा सम्बोधन गर्नुको विकल्प नभएको उनीहरू बताउँछन् ।

नेपालमा ‘मोडरेट’ राजनीतिक शक्तिहरूबीच सहकार्यको वातावरण बन्नुपर्ने र राजनीतिक मुद्दाको राजनीतिक समाधान खोजी सबैलाई समेटेर अघि जानुपर्नेमा भारतको जोड छ । तर, भारतीय संस्थापन सीमांकनमा भन्दा हिन्दूधर्मको विषयमा बढी कठोर देखिएको छ ।

औपचारिक प्रतिक्रियाहरूमा हिन्दूधर्मको प्रसंग निकालिएको छैन । तर, नेपाललाई हिन्दू राष्ट्र बनाउन सके मोदी सरकार सफल भएको मान्न सकिने भारतीय जनता पार्टीका नेताहरूको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV