

तीन दर्जन प्रहरी चौकी अगाडि माटो युक्त ड्रम तथा मुढा गाड्दै ब्रेकर बनाइएको छ । नेपाल प्रहरीको चौकी, सशस्त्रको बीओपी र सुरक्षा बेस क्याम्प अगाडि बेरियर र ब्रेकर नभएकै कारण गत विहिवार भारतीय अपहरणकारीले केडियालाई भारत पुर्याउन सजिलाे भएको थियो।
घटनास्थल महाढीमाई र कलैया नगरपालिकाको सीमानामा पर्ने पसाहा खोलाबाट २२ किमी कवहीगोठ सीमा नाका पर्दछ । जहाँ चारवटा चौकी छन् । चारैवटा चौकीका प्रहरीहरु गाडी भागिरहेको अवस्थामा सुरक्षा सावधानी नअपनाएका कारण अपहरणकारीलाई सहज भएको थियो ।