१७ जेष्ठ २०७३, सोमबार

बहुमुल्य जडिबुटी यार्सागुम्बा अर्थात जीवन बुटी संकलन गर्न पूर्वी रुकुमका सर्वसाधारणहरु लेकतिर लागेका छन् । यार्सा टिप्ने सिजन शुरु भएसँगै स्थानीयहरु गाउँ नै खाली गरेर पाटनतर्फ गएका हुन् ।

बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्ने सिजन सुरु भएपछि यहाँका अधिकांश मानिसहरु अहिले पाटनमा गएका छन् ।

आफ्नो कामलाई थाति राखेर गाउँ नै खाली गरेर सर्वसाधारण पाटन तर्फ गएपछि अहिले पूर्वी रुकुमका दर्जन बढि गाविसमा रहेका विद्यालयहरु बन्द रहेका छन् । जिल्लामा रहेका स्वस्थ्य चौकी, पशु सेवा कार्यालय, कृषि सेवा कार्यालय समेत बन्द जस्तै रहेका छन् ।

रुकुमको रन्ममैकोट पाटन र डोल्पा जिल्लाका विभिन्न ठाउँमा पाईने बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्नको लागि बालबच्चा, बृद्धबृद्धा, महिला सबै अहिले पाटनमा गएका छन् ।

रुकुमका साथै सल्यान, जाजरकोट लगायत अन्य छिमेकी जिल्लाहरु रोल्पा, वाग्लुङ्ग, म्याग्दी, लगायतका जिल्लाहरुबाट समेत हजारौको संख्यामा यार्सागुम्वा संकलन गर्न आ–आफ्नो काम थाति राख्दै पाटन तर्फ लागेका छन् ।

जिल्लाका बिभिन्न गाबिसहरु बाट यार्चागुम्बा टिप्न जानको लागि पैदल ५ देखि १० दिनसम्म लाग्ने गर्दछ । त्यसैले यार्सा संकलन गर्ने अबधीभरका लागि आवश्यक खाने सामान बोकेर सर्वसाधारणहरु पाटनतर्फ गएका हुन् ।

 

LIVE TV