१७ जेष्ठ २०७३, सोमबार

सुदुरपश्चिम कालाजारको उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । सेती अञ्चल अस्पतालमा ३ वर्षको अवधिमा ४७ जना  कालाजारका विरामीहरुले उपचार सेवा लिएको अस्पतालले जनाएको छ ।

सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुर्यबहादुर गुरुङले घरआँगन सफा राख्ने, सुत्दा झुल टाँगेर सुत्ने गरे यसको टोकाईबाट बच्न सकिने बताउँदै यो रोगलाई जनस्वास्थ्यकै रोगको रुपमा लिएर रोकथाम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै सेती अञ्चल अस्पताल धनगढीकी मेडिकल इन्र्चाज यशोदा ढकालले आ.व. २०७०÷७१ र ०७१ ÷७२ मा समान ११ ÷११ जना कालाजारका विरामी भेटिएकोमा  चालु आर्थिक वर्षको १० महिनामा २५ जना कारलाजारका विरामीले उपचार गरेको बताउँदै सवैभन्दा बढी विरामी पहाडी जिल्लाबाट आउने गरेको जानकारी दिनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलाली वरिष्ठ जनस्वास्थ्य प्रशासक जयबहादुर कार्कीले यो रोग सजिलैसंग एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले सबैले सचेत हुन जरुरी रहेको बताउँनु भयो । उहाँले पूर्वी तराईपछि पश्चिम पहाडी जिल्लाहरुमा यो रोग देखा परेको बताउँदै यसको रोकथामको लागि पहल भै रहेको उल्लेख गर्नुभयो ।

कालाजारका लागेका विरामीहरुमा फियो सुन्निदै जाने, रक्त अल्पता हुने र उच्च ज्वरो आई शरिरको छालाहरु कालो हुदै जाने चिकित्सकहरुले बताएका छन् । सुदुरपश्चिमको पहाडी जिल्ला डोटीका केहि गाविसहरु तिखातर, बर्छेन र घाँघल लनायत कैलालीका केहि पहाडी गाविसहरुमा कालाजारका विरामीहरु फेला परेको अस्पतालले जानकारी दिएको छ ।

कालाजारका विरामीको संख्यामा दिन प्रतिदिन बृद्धि भैरहदा सुदूरपश्चिममा देखा परेको कालाजार नियन्त्रणका गर्न सरकारले यस क्षेत्रमा दिर्घकालिन कुनै योजना पारेको छैन ।

 

 

LIVE TV