१७ जेष्ठ २०७३, सोमबार

 ‘मान सम्मानका लागि गुरुङ गाउँ जानू’ भन्ने उखान अहिले लमजुङमा प्रचलित-गुरुङ गाउँमध्ये पसगाउँ पनि एक हो । तैपनि अन्य गाउँभन्दा पसगाउँ निकै भिन्न छ ।

pasgau

लमजुङको ग्रामीण पर्यटकीय गाउँ पसगाउँका बासिन्दाहरु आफ्नो गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन कम्मर कसेर लागि परेका छन् ।

१६ सय ५० मिटरको उचाइमा अवस्थित सुन्दर पर्यटकीय गाउँ पसगाउँका स्थानीयहरु यतिबेला गाउँको प्रचार प्रसारमा जुटेका छन् । भौगोलिक विकटमा रहेको पसगाउँ निकै मनमोहक छ । रहनसहन देखि चालचलन र पाहुनालाई आदरसत्कार गर्ने प्रशंसनीय कार्यले पसगाउँको पहिचान पनि झल्काउँछ ।

pasgau2

लहरै मिलेका तथा ढुङ्गाले छाएका घरहरु, ढुङ्गा नै विच्छ्याइएका सफा आँगन अनि गोरेटो बाटोहरु, गुरुङ जातिको बसोबास र उनिहरुको आत्मीय व्यवहारले पसगाउँ पुग्नेहरु मोहित हुने गर्दछन् ।

विकटताको कारण आधुनिक सेवा सुविधाबाट बञ्चित रहेपनि प्राकृतिक छटाबाट भने पसगाउँ कहिल्यै पनि टाढा छैन । यसका अलावा कृष्णचरित्र, सोरठी, घ्याब्रे, सारंगी लगायतका नाँचले जो कसैको मनलाई मोहनी लगाएको हुन्छ । पसगाउँमा धेरै पर्यटकीय संभावना भएर पनि भौगोलिक विकटताका कारण पछि परेको बताउँनुहुन्छ दूधपोखरी युवा क्लवका अध्यक्ष सुर्यप्रसाद गुरुङ ।

pasgau1

गाउँमा हामेस्टेका लागि छुट्याइएको घरमा तातो र चिसो पानीले नुहाउनका लागि बनाइएको बाथरुम पनि छन् । घरघरमा सोलार जडान गरिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद गुरुङले पसगाउँमा आउने पर्यटकले गर्व गर्ने ठाउँ निकै रहेको बताउनुहुन्छ ।

पसगाउँलाई स्वदेश तथा विदेशमा चिनाएर पर्यटक भित्र्याउन तथा स्थानीय कला र संस्कृतिको संरक्षण एंव सम्बद्र्धन गर्न विगतका बर्र्षदेखि पसगाउँमा महोत्सवको आयोजना पनि हुँदै आएको छ ।

pas

 

LIVE TV