१७ जेष्ठ २०७३, सोमबार

nepse

साताको दोस्रो दिन शेयर बजार ४ दशमलव ७१ अंकले बढेर १ हजार २६ दशमलव ९६ अकंमा कारोवार भएको  छ । सोमबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब १९ करोडमाथिको रकम कारोबार भएको छ ।

सोमवार दिनभरिमा १ सय ३३ वटा कम्पनिको १९ लाख ९१ हजार ८ सय ५ कित्ता शेयर ५ हजार ५ सय ५३ पटक खरिदविक्रि हुँदा १ अर्ब १९ करोड ६० लाख ५१ हजार ९ सय ५७ रुपैँया बराबरको कारोबार भएको हो । कारोबार रकम आइतबारको तुलनामा थोरै बढी हो ।

आइतबार १ अर्ब १८ करोडको शेयर कारोबार भएको थियो । कुल कारोबार रकममध्ये, सानिमा बैँकको मात्रै १० करोडमाथिको शेयर कारोबार भएको छ । सिटिजन्स बैँकको शेयरमा पनि लगानीकर्ताको राम्रंो आकर्षण देखिएको छ । बैँकको ९ करोड ८१ लाखमासथको शेयर कारोबार भएको छ । यी दुबै बैँकले छिट्टै नै हकप्रद शेयर जारी गर्न लागेका छन् ।

त्यस्तै, चिलिमे हाइड्रोपावरको ६ करोड ८२ लाख, नेशनल हाइड्रोपावर कम्पनिको ५ करोड ६७ लाख र युनाइटेड इन्स्योरेन्सको ४ करोड ७० लाख रुपैँयाको कारोबार भएको छ । बुटवल पावर कम्पनि, लुम्बिनी जेनेरल इन्स्योरेन्स र एनबी बैँकको ३ करोडमाथिको शेयर कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स लगायतको साढे २ करोडभन्दा माथिको शेयर कारोबार भएको छ ।

कारोबार भएका समूहहरुमध्ये, वाणिज्य बैँक, होटल, विकास बैँक र बिमा समूह घटेपनि उत्पादनमूलक समूह धेरै अंकले बढेपछि त्यसको प्रभाव समग्र बजारमा देखिएको हो । उत्पादनमूलक समूह १३३.८८ अंकले बढेको छ ।

त्यस्तै, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः ७६.८९, १२.६९ र ९.४ अंकले बढेका छन् । होटल समूह सबैभन्दा धेरै १३.१६ अंकले बढेको छ भने विकास बैँक, बिमा र वाणिज्य बैँक क्रमशः ११.८४, ६.६५ र ०.५ अंकले घटेका छन् ।

 

LIVE TV