१७ जेष्ठ २०७३, सोमबार

 

अफगानिस्तान, अफगानिस्तानको हेलमान्ड प्रान्तको दक्षिणी भागमा अवस्थित एक प्रहरीचौकीमा आइतबार राति भएको आतङ्ककारी आक्रमणमा ११ अफगान प्रहरी मारिएका छन् ।

प्रहरी स्रोतले सोमबार सो जानकारी दिएको छ । तालिवान आतङ्ककारी र प्रहरीबीच भएको दोहोरो गोली हानाहानमा ती प्रहरीहरुको ज्यान गएको सो स्रोतले जानकारी दिएको हो ।

गेरेस्क जिल्लाको वेजो क्षेत्रमा रहेको प्रहरी चौकीमा अज्ञात सङ्ख्यामा रहेका आतङ्ककारीहरुले सो आक्रमण गरेका राष्ट्रिय प्रहरीका कमाण्डर मतुल्लाह दउलतजाईले बताउनुभएको छ ।

यस दोहोरो झडपको क्रममा आठ प्रहरीको मत्यु हुनुको साथै अन्य सातजना घाइते भएका जनाइएको छ । यस आक्रमणमा परी सात प्रहरी वेपत्तासमेत भएका दउलतजाईले बताउनुभएको छ ।

दउलतजाईका अनुसार यस दोहोरो झडपको कारण कैयौँ तालिवान आतङ्ककारी मारिनुको साथै घाइतेसमेत भएका छन् । तर यसको सङ्ख्या भने प्रष्ट भएको छैन ।
अफगानिस्तानको हेलमान्ड प्रान्त तालिवान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको क्षेत्र हो । रासस÷एपी

 

LIVE TV