१७ जेष्ठ २०७३, सोमबार

jail

उदयपुर, जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन महिनामा विगतमा विभिन्न अभियोगमा अदालतबाट दण्डित ६९ जना भगुवालाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ ।

चालु आर्थिक वर्षको फागुनदेखि अहिलेसम्म अदालतबाट दण्डित भएका तर फरार रहँदै आएका ६९ जनालाई पक्राउ गरेर कार्वाही गरिएको हो ।

पक्राउ गरिएकाहरुमा चोरी, वन पैदावार, जग्गा ठगी, किर्ते तथा जालसाजी गर्नेलगायतका रहेको उदयपुरका प्रहरी नायब उपरीक्षक ओम रानाले बताउनुभयो ।

उहाँका अनुसार अझै पनि झन्डै ३५० जना अभियुक्त फरार छन् र उनीहरुको खोजी भइरहेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV