१७ जेष्ठ २०७३, सोमबार

नेपालगन्ज, सरकारले आगामी अर्थिक वर्ष २०७३÷७४ का लागि प्रस्तुत गरेको बजेटले सबै पक्षलाई समेट्न सकेको प्रतिक्रिया यहाँ व्यक्त गरिएको छ ।

“बजेट अलि बढी महत्वाकाङ्क्षी भए पनि महत्वाकाङ्क्षाबाट मात्र उद्देश्य प्राप्ति हुन सक्ने र विकास निर्माणको कामलाई थप प्रगतिपथमा लान सकिन्छ,” नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो ।

बजेटले ज्येष्ठ नागरिकको सम्मान, गाउँको विकास, पर्यटनको विकास, ठूला सहरी आयोजना, कृषि क्षेत्रको स्तरोन्नति तथा आधुनिकीकरण, जलविद्युत्, दूरसञ्चार तथा इन्टरनेट सेवामा वृद्धि लगायतका जनमुखी हुुन यसको विशेषता भएको धारणा सरोकारवालाले राखेका छन् ।

“बजेट समग्रमा राम्रो र जनपक्षीय छ, सबै पक्षलाई समेट्ने प्रयास गरेको छ, तर कार्यान्वयनको अवस्था हेरेर मात्र समर्थन गर्न सकिन्छ,” व्यापारी गोपाल अधिकारीको प्रतिक्रिया थियो । मुलुकको राजनीतिलाई स्थिरतातर्पm डो¥याउन बजेट कोसेढुङ्गा साबित हुन सक्ने, तर त्यसका लागि बजेट कार्यान्वयनमा राजनीतिक सहमति पनि सरकारले खोज्नुपर्नेमा पनि यहाँका उद्योगपति, नागरिक समाजका अगुवा, विद्यार्थी, गृहिणी, कृषक, अधिवक्ता र पत्रकारले सुझाएका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV